काठमाडौं – आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै हवाई उडानको भाडा बढेको हो । वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ । नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८ सय ४० रुपैयाँले बढेको छ । काठमाडौं–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन् ।
यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा १ सय ७० रुपैयाँले बढेर अधिकतम ४ हजार १ सय ९५ रुपैयाँ पुगेको छ ।