पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढ्यो, अब पेट्रोल १९९ तथा डिजेल र मट्टीतेल १९२ पर्ने

काठमाडाैं- सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल प्रति लिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर २७ रूपैयाँ बढाएको हो ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्य उल्लेख गरेको छ । एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ ।

योसँगै आफ्नो खरिद लागत पेट्रोलमा प्रतिलिटर २१२.५८ रूपैयाँ र डिजेलको २०५.९५ रूपैयाँ पुगेको निगमले जनाएको छ । हवाइ इन्धनमा पनि आइओसीले लिटरको १९.९१ रूपैयाँ बढाएर पठाएको छ ।

निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ । निगमका अनुसार मट्टीतेलमा लिटरको ४३.०६ रूपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ १३.६१ रूपैयाँ र बाह्यतर्फ ५६.५७ रूपैयाँ नाफा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्