शेयर बजारमा गिरावट कायमै, नेप्से सूचक ३७ अंकले घट्यो

काठमाडाैं- साताको पहिलो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा गिरावट कायमै छ । निरन्तर जसो ओरालो लाग्दै आएको नेप्सेमा आइतबार ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा झरेर रोकिएको छ । यस दिन २२३ स्टकको १ अर्ब १३ करोड ९ लाख रुपैयाँ बराबरको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन नेप्से सूचकसँगै सबै उपसमुहको परिसूचक पनि आरोलो लागेको छ । सबै भन्दा धेरै हाइड्रोपावर उपसमुहको सूचक ३.८५ प्रतिशतले घटेको छ । यस्तै फाइनान्स उपसमुहको सूचक ३.५९ प्रतिशत र म्युचुअल फण्ड उपसमुहको सूचक पनि ३.१० प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको बजारमा आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दा प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपालको शेयर मूल्य पनि ४ प्रतिशतले बढेको छ ।

यता रिभर फल्स पावरको शेयरमूल्य भने नकारात्मक सर्किट लभेलमा कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्