दार्चुला – जिल्लाको लेकम गाउँपालिका वडा नं. २ महमा आत्मनिर्भर देखिन थालेको छ । अधिकांश घरहरुमा मौरी घारहरु देख्न सकिन्छ । यस वडाले कृषि कार्यालय दार्चुलाको सहकार्यमा वडावासीलाई मौरी घार वितरण समेत गरेको थियो ।
पछिल्लो समय मौरी पालन शुरु गरेर घरमा मह किन्न विस्तारै विस्तारै मानिसहरू आउन थालेपछि किसानहरु अहिले व्यवसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न थालेका छन ।
अहिले उनले मौरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक केही रकम बचत गर्ने समेत गरेका छन् । केहि कृषकहरुले व्यवसायिक रुपमा समेत मौरी पालेका छन् । मौरी पालन गर्ने किसानहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
बिहान बेलुका फुर्सदकै मेहनतले माहुरी पाल्न सकिन्छ । १ हजार बढी प्रतिकेजी पर्ने महले विस्तारै बजार पाउदै गएको छ । कृषि कार्यालय दार्चुलाले प्याकेजिङमा समेत सहयोग गर्दै आइरहेको छ ।