काठमाडौँ – काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन्।
उनलाई उद्धार गरेर आफन्तको जिम्मासमेत लगाइसकिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । असार १ गते साँझ साढे ६ बजेदेखि १४ वर्षका बालक नवीन रूवाली हराइरहेका थिए।
क्रिकेट खेल्न भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट निस्केका उनी बेलुकी कोठा फर्किएका थिएनन्।
त्यसको भोलिपल्ट असार २ मा उनका दाजु भरत रूवाली सार्कीले भाइको खोजी गरिदिन प्रहरी बृत्त बानेश्वरमा निवेदन दिएका थिए। भारतको प्रहरीसँग निरन्तर सम्पर्क र समन्वयमा बालकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। ती बालकलाई पटनास्थित रेलबे स्टेशनबाट सकुशल रूपमा उद्धार गरिएको हो। बालकलाई उद्धार गरी काठमाडौं ल्याएर उनका दाजु डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ घर भई काठमाडौं महानगर ३१ शान्तिनगर बस्ने भरत रूवाली सार्कीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
ती बालकलाई कसले भारत पु¥याएको हो भन्ने खुलेको छैन।