राहदानी विभागमा बिचौलियाको हैकम, सेवाग्राहीसँग अनावश्यक रकम असुली

काठमाडौं – राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले स्वीकार गरेको छ ।

दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड विचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ। विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु– हाकिम सबै चिनेको छ भन्दै सेवाग्राहीबाट रकम असुलेको पाइएको जानकारी दिनुभयो। आफ्नो राहदानी बनाउने भन्दै राहदानी परिसरभित्र प्रवेश गरेर फाँटका कर्मचारीलाई अनावश्यक दबाब र प्रलोभनसमेत ती विचौलियाले दिने गरेको उहाँको दाबी छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्