बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।

काठमाडौँ –  बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबार देखि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो । त्यसमध्ये २ हजार ७३८ जनाको आवेदन रद्ध भएको छ । त्यस अनुसार १७ लाख ८९ हजार १५७ जनाको योग्य आवेदन परेको हाे ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा एक लाख ३६ हजार ५०० जनाले मात्रै १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट भएको हो ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्