अर्किड स्कुलमा मतदान प्रक्रियाबाट क्याप्टेन चयन

काठमाडौं- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलले क्याप्टेन चयन गरेको छ । मंगलबार विद्यालयमा मतदान गरेर क्याप्टेन चयन गरेको हो । हरेक बर्ष झै यस बर्ष पनि निर्वाचन प्रणालीबाट क्याप्टेन छनोट गरिएको विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले बताउनुभयो ।

शैक्षिक शत्र २०७९ को लागि अर्किड स्कुलले स्कुल चुनाव गरेको हो । विद्यार्थीहरुमा प्रजातान्त्रिक संस्कार, मूल्य र मान्यता सिकाउने तथा भविष्यमा राज्यप्रति उत्तरदायी नागरिक तयार गर्ने उद्देश्य र चुनावी प्रक्रियाबारे विस्तृत व्यवहारिक ज्ञान दिने समेत उद्देश्य राखि मतदान गरेको हो ।

विगत १० बर्षदेखि निरन्तर चुनाव गर्दै आएको तर विगत दुईबर्ष कोभिड–१९ (कोरोना भाईरस) का कारण चुनाव नभएतापनि यसबर्षदेखि चुनावलाई निरन्तरता दिएको हो । कुल ३१४ जना मतदाता रहेकोमा मंगलबार भएको मतदानमा २ सय ९५ मत खसेको थियो । जसमा ६ मत बदर भएको थियो । क्याप्टेन छनौटका लागि भएको मतदानमा विद्यालय क्याप्टेन (स्कुल नेता) का लागि ८६ मतका साथ कक्षा ९ कि छात्रा युना पुन मगर चयन भएकी छिन् । यस्तै स्कुल सह क्याप्टेनमा ७६ मतसहित कक्षा ८ का छात्र अनुप खड्का चयन भएका छन् ।
यसैगरी स्यानीटेशन क्याप्टेनमा कक्षा ९ कि छात्रा गायत्री खड्का ८२ भोट सहित चयन भएकी छिन् भने लेंगुईज क्याप्टेन (भाषा क्याप्टेन) मा कक्षा ७ का छात्र सागर श्रेष्ठ ७२ भोट र सह लेङगुइज क्याप्टेनमा कक्षा ६ का छात्र प्रणय भुजेल १०१ भोट सहित चयन भएको विद्यालयले जनाएको छ ।

मंगलबार भएको मतदानमा ६ टिमका ३६ जना प्रतिस्पर्धी रहेका थिए । जनसमा चुनाव चिन्ह, स्टार (तारा), बुक (किताब), पेन (कलम), फुटबल, सरस्वती र फ्लेग (झण्डा) राखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्