काठमाडाैँ – संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।
संसद बैठकमा बोल्दै सांसद थापाले यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना निकालेको र मन्त्रालयले समस्या समाधान नगरी जनतालाई धम्कीको भाषा दिएको भन्दै सांसद थापाले आपत्ति जनाएका छन्।