गैरसांसद अछामका कुँवरलाईँ मन्त्री बनाउँदै एकीकृत समाजवादी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ । नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो ।

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो । अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइबार सिफारिस गरेको हो ।

पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसदलाई मन्त्री बनाउनुपरेको उपमहासचिव विजय पौडेलले जनाकारी दिए । कुँवर गत फागुन २१ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए । त्यसो त गैर सांसद मन्त्री बन्ने कुँवर एक्ला भने होइनन् । यसअघि नै गैरसांसद रहेका गोविन्द बन्दी कानुन मन्त्रीका रुपमा कार्यरत छन् ।

कुँवरसँगै मन्त्री बन्न लागेका मेटमणि चौधरी, भवानी खापुङ र जीवनराम श्रेष्ठ भने प्रतिनिधिसभा सदस्य हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्