काठमाडौं – नेकपा एमालेले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा उम्मेदवारको टुंगो लगाएको हो ।
जसअन्र्तगत भीमदत्त नगरपालिकाको प्रमुखमा महेशप्रसाद पन्त र उपप्रमुखमा भुवन केसी कुँवर तथा वेदकोट नगरपालिकाको प्रमुखमा सुशिला सिंह, उपप्रमुखमा लक्ष्मण रानालाई उम्मेदवार बनाएको छ । यसैगरी शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, उपप्रमुखमा मोनिका भण्डारी तथा दोधाराचादनी नगरपालिकाको प्रमुखमा किशोर लिम्बु, उपप्रमुखमा खेमा चन्द र कृष्णपुर नगरपालिकाको प्रमुखमा लोकेन्द्रप्रसाद पन्त, उपप्रमुखमा रमिता राना बडायक लाई उम्मेदवार तय गरेको छ ।
यसैगरी पुनर्वास नगरपालिकाको प्रमुखमा पदम पुजारा, उपप्रमुखमा सुशिला खत्री तथा बेलौरी नगरपालिकाको प्रमुखमा कमला बोहरा, उपप्रमुखमा जोगुराम चौधरी र बेल्डाडी गाउँपालिकाको प्रमुखमा अक्कलबहादुर विष्ट, उपप्रमुखमा फूलकुुमारी राना साथै लालझाडी गाउँपालिकाको प्रमुखमा निर्मल राना, उपप्रमुखमा सपना चौधरीलाई उम्मेदवार घोषणा गरेको हो ।