काठमाडाैं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा गुजरातले कोलकातालाई ८ रनले हरायो ।
जितको लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । गुजरातका हार्दिक पाण्डेयले सर्वाधिक ६७ रन बनाए ।
कोलकाताका आन्द्रे रसेलले ४, टिम साउथीले ३, उमेश यादव र शिवम माभीले एक÷एक विकेट लिए । जितसँगै गुजरात अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । गुजरातको ७ खेलमा १२ अङ्क भएको छ । आठ खेलमा ६ अङ्क जोडेको कोलकाता सातौँ स्थानमा छ ।