गोकुलेश्वर – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जयानन्द जोशी नेपाली काँग्रेसबाट पुनः वडा अध्यक्षका लागि सर्वसम्मत सिफारिस भएका छन् । यसअघि वडा नं. ७ बाट वडा अध्यक्ष पदका लागि दिवाकर जोशी सर्वसम्मत सिफारिस भएका थिए । तर दिवाकर जोशी ठेका पट्टामा संलग्न रहेका र विभिन्न ठाउँबाट पेश्कि रकम समेत लिएको हुँदा उनको उम्मेदवारी निर्वाचन आयोगले नमान्ने भएपछि वर्तमान वडा अध्यक्ष जोशीलाई सर्वसम्मत उम्मेद्वार चयन गरेको हो । बुधबार बसेको नेपाली काँग्रेसको वडा कमिटिको बैठकले वर्तमान वडा अध्यक्ष जोशीलाई सर्वसम्मत रूपमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा चुनावी सरगर्मि बढेको छ ।