शुक्लाफाँटा–८ मा माओवादी केन्द्रबाट पुरानै टीम दोहरिने, अध्यक्षमा महरा निर्बिरोध उम्मेदवार

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न. ८ मा आसन्न निर्बाचनमा आन्तरिक गुटबन्दी र अरु पार्टीहरुसँग गठबन्धन नगरि नेकपा माओबादि केन्द्र एक्लै चुनावी मैदानमा उत्रने भएको छ । २०७४ सालमा अत्याधिक बहुमतले बिजय भएको पुरानै वडा कमिटी आगामि निर्बाचनमा लडन निर्बिरोध उम्मेदवार भएको छ ।

जसमा वडा अध्यक्षका लागि अध्यक्ष बहादुर सिँह महरा, वडा सदस्यहरुमा लाल सिह महरा, जनकलाल चौधरी, बिमला देबी चौधरी, सरिता देबि टमटा रहेका छन् ।

साथै वडा अध्यक्ष महराले ढुक्क भएर निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । आफुहरुको जीत सुनिश्चित हुने र सहि ढंगले जनतासामु प्रस्तुत हुन समेत अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्