कांग्रेसले बोलायो निर्वाचन परिचालन समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ ।

वैशाख २ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सानेपामा बस्नेछ ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले आवश्यक रणनीति तय गर्न बैठक बोलाएको हो । कांग्रेसले स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मिलेर जाने सहमति गरेको छ । दलहरूले बनाएका संयन्त्रमार्फत् उम्मेदवार तय हुनेछन् । जिल्ला, प्रदेश र केन्द्रमा पाँचदलीय संयन्त्रबाट साझा उम्मेदवार तय गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्