काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसम्मत चयन भएका छन् ।
हालपनि कांग्रेसको तर्फबाट शैल्यशिखर नगरपालिकामा मेयरको जिम्मेवारीमा रहेका धामी पुनः मेयर पदका लागि सर्वसम्मत चयन भएको शैल्यशिखर कांग्रेसले जनाएको छ । सुरुमा मेयरका आकांक्षी धेरै देखिए पनि अन्तिम समयमा धामीलाई सबैले सर्वसम्मत चयन गरेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा शैल्यशिखरका अधिकांश वडाहरुमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार टुग्ंयाएको छ भने बाकी वडामा पनि छिट्टै उम्मेदवारको टुङ्गो लगाउने शैल्यशिखर काँग्रेसले जनाएको छ ।