गैरसांसद गोबिन्द बने कानुनमन्त्री, दिलेन्द्र बडुलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने सम्भावना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई कानुनमन्त्री सिफारिस गरेका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

बन्दीको सपथ दिउँसो २ बजेका लागि तय गरिएको छ ।
हालका कानुनमन्त्री दिलेन्द्र बडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।

यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्