काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । कोलकताका पाट कुमिन्सले अविजित ५६ रन र र भेन्काटेस आयरले ५० रन जोडे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुई/दुई विकेट लिए । ड्यानियल साम्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
मुम्बईका सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय पारी खेले । कोलकाताका पाट कुमिन्सले दुई तथा उमेश यादव र वरुण चक्रवर्तीले एक÷एक विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताको ४ खेलमा ६ अङ्क भएको छ । मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अङ्क जोड्न सकेको छैन ।