कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका कञ्चनपुरमा पहिलो साक्षर नगर घोषित भएको छ । मंगलबार बेदकोट नगरपालिकालाई साक्षर नगर घोषणा गरिएसँगै कञ्चनपुरकै पहिलो साक्षर नगर बनेको हो । वडा नं.–३ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच नगरलाई साक्षर नगर घोषणा गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो ।
सबै सूचकांक पूरा भएको र नगरभित्र ९५ प्रतिशत नागरिक साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।
बाँकि करिब ५ प्रतिशत नागरिकहरूको पहिचान गरेर साक्षरता कार्यक्रम अघि बढाउने र त्यसपश्चात नगरलाई पूर्ण साक्षर घोषणा गर्नेतर्फ लाग्ने समेत मेयर चन्दले बताउनुभयो ।
यसअघि लालझाडी र बेलडाँडी गाउँपालिका साक्षर घोषणा भईसकेका छन् । गाउँपालिका साक्षर घोषणा भएतापनि नगरपालिकामध्ये साक्षर घोषणा हुने बेदको पहिलो नगरपालिका हो ।