दाङ । नेपाल वार एशोसिएसन केन्द्रीय कार्यसमिति निर्वाचन, २०७८ को सन्दर्भमा प्रगतिशील तथा पेशागत समूहको तर्फबाट चैत ८ गते दाङ जिल्ला वार एसोसिएसनको सभाहलमा जिल्ला वार इकाइका अध्यक्ष शिव प्रसाद घिमिरेको सभापतित्वमा नेवाए चुनाव उम्मेदवारी परिचय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा दाङ जिल्ला वारमा आवद्ध वरिष्ठ अधिवक्ताहरु र अधिवक्ताहरुलाई सम्बोधन गर्दै उक्त समूहका तर्फबाट अध्यक्ष पदका प्रत्यासी वरिष्ठ अधिवक्ता विष्णुमणी अधिकारीले सम्बोधन गर्दै नेपाल वार लाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने कुरामा प्रतिवद्धता जनाउँदै हाल नेवाएको जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन छिट्टै न्यायपालिका शुद्धीकरण सम्बन्धी प्रादेशिक र केन्द्रीय सम्मेलन गर्ने र न्यायपालिकाको आन्दोलन पात्र भन्दा प्रवृत्ति केन्द्रित गर्ने कुरा अभिव्यक्त गर्नुभयो । साथै उँहाले कानुन व्यवसायभित्र ‘युवालाई सहभागीता, बरिष्ठलाई सम्मान’ गर्दै न्यायपालिकालाई रुपान्तरित गर्दै पेशागत हकहित र कानुन व्यवसायीहरुलाई सामाजिक सुरक्षाको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको उम्मेदवारहरुको परिचय तथा समूहको चुनावी प्रतिवद्धता महासचिवको पदका उम्मेदवार केदार प्रसाद कोइरालाले गर्नु भएको थियो ।
सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता एव दाङ जिल्ला वारको संस्थापक अध्यक्ष भानुभक्त धिताल उम्मेदवारहरुको विजयको कामना सहित बढो संघर्ष गरेर बाकसमा वार स्थापना गरेर आजको दिनसम्म पुर्याएको र कानुन व्यवसायीहरुले पछिल्लो समय कानुन व्यवसायको मर्यादा राख्न नसकेको र यस समूहले निर्वाचित भएपछि नेपाल बारको मर्यादा र शाखालाई फर्काउनुपर्ने भन्दै आफ्नो तर्फबाट बिजयको अग्रिम शुभकामना व्यक्त गर्नु भएको थियो । साथै उँहाले पार्टीगत आधारमा भन्दा सक्षम र पेशागत हकहित प्रवर्द्धन गर्न सक्ने व्यक्तिहरुलाई मात्र निर्वाचित गर्नुभएको थियो । सोही कार्यक्रममा शुभकामना मन्तव्य राख्ने दाङ जिल्ला वारका अध्यक्ष प्रगतिशील तथा पेशागत समूहलाई अत्याधिक मतसहित बिजयी हुन र न्यायपालिकाको सुद्धिकरण गर्नको लागि कानून व्यवसायीहरु समेत सुधार हुनुपर्ने भनाई राख्दै युवा देखि वरिष्ठसम्म विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व गरेको सन्तुलित, समावेशी, पेशागत कार्यमा सक्रिय उम्मेदवारहरु यस समूहबाट प्रत्यासी रहनुभएकोले जीतको शुभकामना व्यक्त गर्नुभएको थियो । उम्मेदवार परिचय कार्यक्रममा दाङमा क्रियाशील वरिष्ठ अधिवक्ता ज्युहरु भानुभक्त धिताल (संस्थापक अध्यक्ष), अनिरुद्र गिरी, घनश्याम थापा, रेवतिरमण भट्टराई, ठाकुरप्रसाद विसी, नारायण धिताल (पूर्व न्यायाधीश) लगायत जिल्ला र तुल्सीपुर उच्च बारका पदाधिकारीहरु तथा सदस्य ज्युहरु को उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम यस समुहको तर्फबाट अध्यक्ष लगायत प्रत्यासी सबै उम्मेदवारहरुले सबै सहभागीहरुलाई शुभकामना र सद्भावको लागि स–धन्यवाद सहित आफ्नो समूहको प्रतिवद्धता र कार्यक्रम बारे विस्तृतमा जानकारी गराउँदै यस समूहलाई बिजयी गराउन अपिल गर्नुभएको थियो ।