मसुरिया ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा भोज मन्नी चयन

मसुरिया । गौरीगंगा नगरपालिका – ९, कैलालीमा रहेको मसुरिया ग्रामीण विद्युत सहकारी संस्था लि. को अध्यक्षमा भोज बहादुर मन्नी सर्व सहमत चयन भएका छन् । आईतबार भएको १४ साधारण सभाबाट मन्नी अध्यक्षमा चयन भएका हुन् । मन्नीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ।

समितिको उपाध्यक्षमा हिक्मत बहादुर बोहरा,सचिवमा कमल बहादुर चौधरी र कोषाध्यक्षमा पुष्प राज भुसाल र सदस्यहरुमा क्रमशः भोला भण्डारी, तीर्थ चौधरी, सरस्वती विष्ट, पदम बहादुर देउवा र हरिना जोशी सर्व सहमत चयन भएका हुन ।

साधारण सभाले सल्लाकार समिति र लेखा समिति चयन गरेको छ । महेन्द्र बहादुर क्षेत्री लेखा समितिको संयोजक भएका छन् भने सदस्यमा गङ्गाराम सुनार र खुसीराम चौधरी रहेका छन् । कमल प्रसाद चौलागाई सल्लाकार समितिको संयोजक भएका छन् भने यम कुमारी ढकाल र राधाकृष्ण चौधरी चयन भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्