छैटौं अर्किड कपको उपाधी नेक्सस एकेडेमीले जित्न सफल

काठमाडौं– काठमाडौंमा जारी छैटौं अर्किड कप अन्तर्गत आज भएको फाईन खेलमा नेक्सस एकेडेमीले उपाधी जित्न सफल भएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड प्युपल स्कुलको आयोजनामा अर्किड खेल मैदानमा जारी अन्तरविद्यालय फुटवल प्रतियोगितामा आज भएको फाईन खेलमा नेक्सस स्कुलले उपाधी जितेको अर्किड स्कुलका संयोजक नरेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
फाईनल खेलमा नेक्सस स्कुल र मनकामना स्कुलबीच प्रतिस्पर्धा भएको हो । जसमा मनकामनालाई पराजित गर्दै नेक्सस उपाधी जित्न सफल भएको हो । यसैगरी मनकामना स्कुल द्वितीय, तृतीय केभीएस स्कुल तथा चौथो अक्षरीका स्कुल भएको अर्किड स्कुलका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
प्रतियोगितामा उपाधी जित्न सफल नेक्सस स्कुलले ३० हजार, द्वितीय मनकामनाले २० हजार, तृतीय केभिएसले १० हजार र चौथो अक्षरीकाले ५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा फेयर प्ले अवार्ड गुड डे एकेडेमीले प्राप्त गरेको छ भने मनकामना स्कुलका अनिष डंगोल प्लेयर अफ द म्याच भएका छन् । निशान्त राना मगर वेष्ट कियर घोषित भएका छन् । शुक्रबार अर्किड स्कुलका संस्थापक प्रेम कुमार भुजेलको सभापतित्वमा भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा रहनुभएको थियो । यस्तो खेलकुद कार्यक्रम सरकारले आयोजना गर्नुपर्नेमा अर्किडले आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एन प्याब्सन काठमाडौ सचिव तथा कागेश्वरी मनोहरा नगर कमिटी अध्यक्ष अमृत कुमार खड्काले खेलकुदको आयोजना गरि खेलाडी तयार गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा ५० जनाभन्दा बढी अतिथिको सहभागीता रहेको थियोे भने अन्य खेलप्रेमी दर्शकहरूको सहभागिता रहेको थियो ।
खेलकुदलाई सम्पन्न गर्न आशा बुक चावहिल, फोटो संसार लोकन्थली, ब्रीज वाटर सिनामंगल, नोबेल एकेडेमी नयाँ बानेश्वर, एलिजर एकेडेमी, एनआईसी एसिया बैंक गोठाटार शाखा, चितलाङ अर्गानिक रिसोर्टले महत्वपूर्ण सहयोग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्