नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

नुवाकोट । नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भ​एको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा फाल्गुन २० गते आँखा शिविर सम्पन्न भएको हो ।

१३० जनाले सेवा लिएको उक्त शिविरमा १८ जना मोतिबिन्दुका बिरामीहरू फेला परेका जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले जानकारी दिनुभयो । मोतिबिन्दु भ​एको पाइएका बिरामीहरूको यही फाल्गुन २९ र ३० गते जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने नेत्र अधिकृत वाइबाले बताउनुभयो । साथै उहाँले उक्त शिविरमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाइ धन्यवाद ज्ञापन गर्नुभ​एको छ ।

तस्बिरहरु:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्