अर्किड कप अन्तरविद्यालय नकआउट फुटबलमा आईतवार ५ खेल सम्पन्न

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलको आयोजनामा आयोजित छैटौँ अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिन आज (आईतवार) ५ खेल सम्पन्न भएका छन् ।
अर्किड स्कुलको खेल मैदानमा आयोजित खेल प्रतियोगितामा ५ खेल सम्पन्न भएको विद्यायका सस्थापक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।
आईतबार भएको पहिलो खेल तथा प्रतियोगिताको बाह्रौं खेल टाईम लाईन र भीमेश्वर स्कुल बीच भएको हो जसमा टाईम लाईन ४-१ गोल अन्तरले विजयी भएको हो । यस्तै दोस्रो खेल एकलब्य स्कुल र ग्लोबलबीच भएको हो । जसमा एकलब्य स्कुल ३-० ले विजयी भएको हो ।
यस्तै आईतवार नै भएको तेस्रो खेल अर्किड स्कुल र केभीएस बीच भएको हो । जसमा केभीएस ५-० गोलअन्तरले विजयी भएको हो । यस्तै चौथो खेल गीताञ्जली स्कुल र दर्शना स्कुल बीच भएको हो । जसमा दर्शना स्कुल ६-५ ले विजयी भएको हो । यस्तै आईतवार भएको अन्तिम खेल कस्तुप एकेडेमी र हायर्ली क्रेयटीभ स्कुल बीच भएको हो जसमा कस्तुप २-१ गोलअन्तरले विजयी भएको बिद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । भोलि प्री क्वाटर फाईनल खेल हुनेछ । आज भएको खेलमा म्यान अफ द म्याच तथा मायाको चिनो ओखलढुंगा जिल्लाको चिसंखुगढी गाउँपालिका अध्यक्ष निशान शर्माले वितरण गर्नुभएको थियो ।
खेलकुदलाई सम्पन्न गर्न आशा बुक चावहिल, फोटो संसार लोकन्थली, ब्रीज वाटर सिनामंगल, नोबेल एकेडेमी नयाँ बानेश्वर, एलिजर एकेडेमी, एनआईसी एसिया बैंक गोठाटार शाखा, चितलाङ अर्गानिक रिसोर्टले महत्वपूर्ण सहयोग गरेको छ ।
सेभेन ए साइड फर्मेटमा भएको प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहेको हो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल फागुन २० गते हुने छ । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्