काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलको आयोजनामा आयोजित छैटौँ अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन आज ६ खेल सम्पन्न भएका छन् ।
अर्किड स्कुलको खेल मैदानमा आयोजित खेल प्रतियोगितामा ६ खेल सम्पन्न भएको विद्यायका सस्थापक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो । यसैगरी ६ टिम खेलबाट बाहिरिएको विद्यालयका संयोजक नरेन्द्र पाण्डेले बताउनुभयो । शनिवार भएको पहिलो खेल तथा प्रतियोगिताको छौटो खेल लाइसियम प्याराडाइज एकेडेमी र कौटिल्य बीच भएको थियो जसमा कौटिल्य विजयी भएको हो । यसैगरी दोस्रो खेल गुड डे एकेडेमी र गणेश हिमाल स्कुलबीच भएको हो जसमा गणेश हिमाल ६–० ले बीजयी भएको हो । यस्तै तेस्रो खेल अक्षरीका स्कुल र विद्या आर्जन स्कुलबीच भएको हो जसमा अक्षरिक स्कुल ३–१ ले बीजयी भएको हो ।
यसैगरी शनिवार नै भएको चौथो खेल रेडियन्ट र प्रीतिमा स्कुल बीच भएको हो जसमा रेडियन्ट वीजयी भएको हो । त्यस्तै पाँचौ खेल मनकामना स्कुल र पुष्प बाटिका बीच भएको हो जसमा मनकामना बीजयी भएको हो भने शनिवार भएको अन्तिम खेल तथा छैटो खेल बोधीसदन स्कुल र बेष्ट ग्रुप बीच भएको हो जसमा बेष्ट ग्रुपले २–० ले बीजयी भएको संयोजक पाण्डेले बताउनुभयो ।
खेलकुदलाई सम्पन्न गर्न आशा बुक चावहिल, फोटो सञ्चार लोकन्थली, ब्रीज वाटर सिनामंगल, नोबेल एकेडेमी नयाँ बानेश्वर, एलिजर एकेडेमीले महत्वपूर्ण सहयोग गरेको छ । सेभेन ए साइड फर्मेटमा भएको प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहेको हो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल फागुन २० गते हुने छ । शुक्रबार भएको खेल अपडेट