छैटौं अर्किड कप अन्तरबिद्यालय फुटबल प्रतियोगिता : उद्घाटनसत्रमा पाँच खेल सम्पन्न

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलको आयोजनामा आयोजित छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ ।
शुक्रबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कुन्दन खड्काको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष खड्काले खेलकुद आयोजना गरेर नगरपालिका मै उदाहरणीय काम गरेको र नगरभित्रका विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले राखेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एन प्याब्सन बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रकाशचन्द्र खड्का रहनु भएको थियोे । कार्यक्रमको सभापतित्व अर्किड विद्यालयका सस्थापक प्रेमकुमार भुजेलले गर्नुभएको थियो । कार्यक्रममा सभापति तथा विद्यालयका सस्थापक भुजेलले हार जीत खेलको नियम भएकोले हार्नेहरूले पनि जितेको महशुस गरि खुसी भईदिन अनुरोध गर्नुभयो । साथै खेललाई सम्पन्न गर्न आमन्त्रित अतिथिहरूबाट पाएको सहयोग एवम् सल्लाह सुझावप्रति धन्यवाद समेत दिनुभयो । सेभेन ए साइड फर्मेटमा भएको प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहेको हो । कार्यक्रममा उद्घोषकको भूमिका विद्यालयका संयोजक  नरेन्द्र पाण्डेले गर्नुभएको थियोे ।
उद्घाटन समारोहमा भएको पहिलो खेल नेक्सस एकेडेमी र गोल्डेन बडबीच भएको थियो जसमा नेक्सस एकेडेमीले ४-१ गोलले विजयी भएको थियो । यसैगरी दोस्रो खेल न्यू स्टार पोल र निर्मल ज्योतीबीच भएको थियोे । जसमा निर्मल ज्योतीले ३-१ गोल अन्तरले जितेको थियो । यस्तै तेस्रो खेल ग्रीन वीच र जोन एकेडेमी बीच भएको थियोे जसमा जोन एकेडेमीले ३-० ले जितेको थियोे ।
यसैगरी उद्घाटन खेलको चौथो खेल श्रमसील र मनांक प्याराडाईज भएको हो । जसमा श्रमशील स्कुलले ४-० ले जितेको थियो । यस्तै पाँचौं खेल गेटवे स्कुल र पाणिनी स्कुलबीच भएको थियोे । जसमा गेटवेले ४-० ले खेल जितेको थियो ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा भएको छ । फाइनल फागुन २० गते हुने छ ।
यसअघिको पाँचौं संस्करणको उपाधि केभीएसले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्