विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको सुखद सुरुवात

काठमाडौँ – ओमानमा जारी टी-२० विश्वकप ग्लाेबल क्वालिफायरअन्तर्गत नेपालले पहिलाे खेलमा विजय हासिल गरेकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । ओमानलाई नेपालले १७ ओभरमा अलआउट गरेको हो।

घरेलु टोली ओमानलाई नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रेको ओमानले १७ ओभरमा ७८ रनमा समेटिएको थियो।

सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेकाे नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

यस्तै नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडेका थिए भने कप्तान सन्दीप लामिछानेले १६ रन जोडे। लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।

ओमानका लागि खवार अलीले सर्वाधिक ३ विकेट लिए। नेपालले समूहकाे आफ्नाे दाेस्राे खेल भाेलि (शनिबार) फिलिपिन्ससँग खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्