११ वर्षीय बालक बचाउन सहयोगको अपिल

झापा – झापाको कमल गाउँपालिका वडा नं. ६ का ११ वर्षीय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । लखनपुर चोक नजिकै घर भएका १२ वर्षिय थापा लामो समयदेखि रगत सम्वन्धि समस्याबाट पीडित परिवारले सवैसंग सरसहयोगको याचना गरेका हुन् ।

विरामीका आमा सुभद्रा थापाका अनुसार बालक ६ महिनाको हुँदा देखिनै स्वास्थ्य समस्या देखिन थालेको थियो । त्यस लगत्तै उपचार शुरु गरेका उनीहरुले नेपाल र भारतका अधिकांश अस्पतालहरु पु¥याए । ११ महिनाको हुँदा देखिनै नियमित जसो रगत दिई रहनु पर्ने अवस्था थियो । तर अहिले दिनहुँ जसो रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरुले बताए पछि विपन्न आर्थिक अवस्थाको परिवार अत्यासमा परेको छ ।

बालक युनिकलाई सहयोग गर्न गठित अभियान शुरुवाती चरणमा छ । केहि दिनमानै समितिको बैंक सञ्चालनमा ल्याउने तयारी छ तर हाल सहयोग गर्न ईच्छुकहरुले बिरामीको आमा सुभद्रा थापाको नाममा सानिमा बैंकमा रहेको खाता नं.००२०११०९००००३८४ मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन ९८१७९४४८३६ मा बिरामीको आमा सुभद्रासँग पनि सम्पर्क गर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्