काठमाडौँ – इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता शेयर माग गरेको छ । यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयरको ५१.१५ गुणा बढी हो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।
रिजल्ट हेर्न क्लिक गर्नुहोस्
आईपीओ नतिजा हेर्न क्लिक गर्नुहोला
आईपीओ नतिजा हेर्न क्लिक गर्नुहोला