काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बुधबार विहान १० बजे बैठक बोलाएको छ ।
संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान साडे ११ बजे बोलाइएको छ ।
मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ ।