काठमाडौं – ओमानमा भइरहेको चार देशीय टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ ।
खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुनेछ ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
नेपालले आयरल्याण्डसँग यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।