काठमाडौं – आज पनि मौसम सामान्यतया सफा रहनेछ । तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेपपनि दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
पहाडी क्षेत्रका एक/दुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने तर भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।
विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।