काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशषगरी प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।
यसैगरी, एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उनले जानकारी दिए ।सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित भइसेको छैन् ।