सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने

काठमाडौं – सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ । गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारको सेवा दिने भएको हो ।

४ गतेदेखि हिजोसम्म नियमित सेवा बन्द गरेको थियो । सर्वोच्चका अनुसार झण्डै एक महिनाको सेवा सङ्कुचनको अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारबाही र सुनवाइलाई भने निरन्तरता दिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्