काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् ।
बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । अनसोल्ड भनेको कुनै पनि टोलीले किनेनन् भन्ने बुझिन्छ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।
दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।