२४ घण्टामा थप २४०१ जनामा सङ्क्रमण पुष्टि, थप १४ जनाको ज्यान गयो

काठमाडौ – २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा २४ सय एक जनामा सङ्क्रमण देखिएको हो ।

कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा सात हजार सात सय ७७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २८ हजार तीन सय ६९ पुगेको छ । अहिले ३० हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्