काठमाडाै – मन्त्रिपरिषद् बैठकका निर्णयहरु
- राष्ट्रिय प्रसारण (एघारौँ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय ।
- धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य ।
- सरकारले बर्ड फ्लु नियन्त्रण गर्न मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय ।
- सिङ्गापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरूको अवधि थप गर्ने निर्णय ।
- डिजिटल प्रणालीमार्फत् नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय ।
- पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोटको सडक सीमाभित्र परेका तीन वटा घरटहराको राहत स्वरूप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय ।
- बाल अधिकारसम्बन्धफ अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र सङ्घमा पेस गर्ने अनुमति प्रदान गर्ने निर्णय ।
- फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय ।
- लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसअनुसार विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापन गर्ने निर्णय ।
- नसर्ने रोगहरूकोे रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय ।