सुनको मुल्य बढ्यो, चाँदीको स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजावी सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार सुनको मूल्य बढेपनि चाँदी स्थीर बनेको छ । आज नेपाली बजारमा चाँदीको भाउ तोलामा १ हजार २५५ रुपैयाँ कायम गरिएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार पनि सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले वृद्धि भएर कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्