काठमाडाैँ – अर्किड प्यूपल सेकेण्डरी स्कुलमा सरस्वती पूजाको अवसरमा नयाँ भर्ना खुलेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार हाइटमा रहेको अर्किड स्कुलमा सरस्वती पूजाको अवसर पारेर सिमित सिटका लागि भर्ना खुलेको हो । यहि माघ २३ गते हुने सरस्वती पूजालाई लक्षित गर्दै यस स्कुलले नानीबाबुहरुका लागि अक्षरारम्भ कार्यक्रम समेत राखेको छ । भर्ना कक्षा नर्सरीदेखि कक्षा ८ सम्मको लागि खुल्ला गरिएको विद्यालयका सस्थापक प्रेमकुमार भुजेलले बताउनुभयो ।
सुविधा सम्पन्न विद्यालय भवन, बालमैत्री कक्षाकोठा लगायत दक्ष शिक्षक शिक्षिकाबाट अध्ययन अध्यापन गराउदैँ आइरहेको अर्किडले छोटो समयमा नै गुणस्तरीय शिक्षामा फड्को मारेको छ । कुशल व्यवस्थापन, आफ्नै खेल मैदान, अतिरिक्ति क्रियाकलाप, साँस्कृतिक कार्यक्रम, डान्स आइडल, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, साहित्यिक गतिविधि, कविता र निबन्ध प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थानमा रहेको अर्किड स्कुल अधिकांशको रोजाई बन्न पुगको छ ।
नर्सरी देखि कक्षा १० सम्मको पढाई हुने यस विद्यालयले आफ्ना बिद्यार्थीहरुलाई दक्ष र प्रतिस्पर्धी बनाउनकालागि यस शैक्षिक संस्थाले अध्ययन अध्यापन तथा अतिरिक्त क्रियाकलापमा विशेष ध्यानदिने गरेको छ । विश्वमा विकसित पछिल्ला प्रविधि अपनाएर बिद्यार्थीहरुलाई पढाउने गरेको छ यस स्कुलले । यस शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति संसारका कुनै पनि देशमा प्रतिस्पर्धा गर्न सक्षम छन् । विद्यार्थीहरुको पठनपाठन नतिजा लगायत बहु आयमिक क्षमता अभिवृद्धि गर्नेतर्फ समेत ध्यानदिदै आईरहेको अर्किड स्कुलले शिक्षण तथा सिकाई विधिलाई वैज्ञानिक, व्यवहारिक तथा बिद्यार्थी केन्द्रीत बनाउँदै परिणाममुखी शिक्षा प्रदान गर्दै आईरहेको छ ।
समयको माग अनु्सार यस स्कुलमा कम्प्युटर शिक्षाको महत्वलाइ मुख्य प्राथमिकता दिएर अध्यापन हुनेगरेको छ भने विज्ञान र अनुसन्धानको क्षेत्रमा शिक्षाको पहुँच पुर्याउन विज्ञान र प्रविधिमैत्री शिक्षालाई पनि उत्तिकै जोड दिइएको छ । यस स्कुलमा सुविधा सम्पन्न पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, सभाकक्षाको समेत व्यवस्था रहेको छ ।