काठमाडौँ – नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । यातायात व्यवसायीहरूले भने यसरी मूल्य बढिरहे आफूहरूले गाडी चलाउन नसक्ने बताएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले तेलको भाउ पटक–पटक बढाइरहँदा व्यवसायी खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । सरकारले कर घटाएर जनतालाई सहुलियत दिनुपर्ने महासचिव सिटौलाको भनाइ छ । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर एक सय ४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक सय २५ रुपैयाँ कायम छ ।