कञ्चनपुरमा बुवाकाे हत्या गरेको अभियोगमा छोरा पक्राउ

सांकेतिक तस्बिर

कञ्चनपुर- लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्