नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ

 

दुहबी नगरपालिका–५ दुहबीबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र नाईट्रोजेन ५० ट्याब्लेट सहित ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय सूर्य घिमिरे, २३ वर्षीय नवराज लिम्बु र सोही उपमहानगरपालिका–१७ का २० बर्षीय बिमल केसी रहेका छन । बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्