राप्रपाका अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी मनोनयन

FILE PHOTO

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ पदाधिकारी मनोनयन गरेका छन् । आइतवार उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारी थप मनोनयन गर्नुभएको हो ।

पार्टीको विधानअनुसार उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद शाह, सह–महामन्त्री सात जना मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित भएका छन् ।

यसैगरी प्रवक्तामा चार जना भक्तिप्रसाद यादव, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित भएका पार्टीको विज्ञप्तिमा जनाइएको छ । यस्तै सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह र पूर्णबहादुर चन्द मनोनित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्