पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव :अझै केही दिन मौसम सुधार नहुने

सांकेतिक तस्बिर

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । यस मौसमी प्रणालीका कारण केही दिन देशको धेरैजसो भागमा आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सोमवार प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भागका ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्