थप फाइजर खोप ल्याउने सरकारको तयारी

काठमाडौँ – सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।
कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भीडभाड हुने हुनाले कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् ।

दुई–तीन महिनाभित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप ल्याउन गृहकार्य भइरहेको छ ।
हाल नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना तथा फाइजर खोप दिइएको छ । यी दुवै खोप अमेरिकाले उत्पादन गरेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्