अवैध लागूऔषध सहित पक्राउ

सर्लाही, मलंगवा नगरपालिका–७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका–२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश २–००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै टेम्पु चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, भेरीगंगा नगरपालिका–१० तोलीखोलास्थित सडकबाट करिब २ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुर्भाकोट नगरपालिका–८ बस्ने ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरपालिका–९ बस्ने ३० वर्षीय रेसम वली रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८३६ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्