उपत्यकामा सार्वजनिक यातायातमा जोर विजोर हट्यो, ट्याक्सी र निजी सवारी साधनमा भने कायमै

FILE PHOTO

काठमाडौं – काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पो लगायतका सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हटाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।
यसैगरी ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्