कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने, चुनावबारे दुईथरी मत

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले एक विज्ञप्ती निकाल्दै सूचना जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले हिजो निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । तर संस्थापनइतर पक्षका नेताहरुले चुनावको विषयमा पनि कुरा उठाउने तयारी गरेका छन् ।

पार्टीभित्र छलफल नै नगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव र सत्ता गठबन्धनबारे छलफल गरिरहेको भन्दै उनीहरुले बैठकको माग गर्दै आएका थिए।

चुनावको मिति र चुनावमा अरु दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसमा मत विभाजित छ । प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच फरक मत देखिएको हो । कोइराला समूहले स्थानीय चुनाव कुनै पनि बहानामा पर धकेल्न नहुने बताउँदै आएको छ ।

पालिकाको चुनाव वैशाखभन्दा पर सारेमा संविधान नै धरापमा पर्ने कोइराला समूहको निष्कर्ष छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्