हेलिकप्टर चढेर भोट हाल्न पुगे उपमेयर र उपाध्यक्ष

FILE PHOTO

दाङ – राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न उपमेयर र उपाध्यक्ष हेलिकप्टरबाट मतदानस्थल पुगेका छन् । सात वटै प्रदेशमा भइरहेको राष्ट्रियसभा निर्वाचनको लागि मतदान गर्न नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी चौधरी र पाल्पा रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय हेलिकप्टर चढेर मतदान गर्न दाङ पुगेका हुन् । उनीहरू दुबै जना ०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए । बिरामी रहेका उनीहरूलाई हेलिकप्टरबाट मतदान स्थल ल्याइएको एक नेताले बताए । दुई जिल्लाका उनीहरूलाई लिन एकै हेलिकप्टर गएको थियो ।

लुम्बिनीमा प्रदेश सभाका ८१ जनाले नै मतदान गरेका छन् । भने स्थानीय तहका २१५ मध्ये २१३ जनाले मतदान गरेका थिए । राप्रपाबाट निर्वाचित नेपालगञ्ज उपमहानगरका मेयर धवलशम्शेर राणा र राप्रपाकै अर्का एक मतदाता भने मतदानमा उपस्थित भएका थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्