काठमाडौँ – ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भूगर्भीय घाटीबाट भत्किँएका चट्टानहरू चारवटा डुङ्गामा लाग्दा कम्तिमा छ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् भने २० जना बेपत्ता भएका छन् । पर्यटकहरू ढुङ्गाहरूमा उक्त क्षेत्र घुम्दै थिए ।
उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहर नजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टानहरू खसेका थिए।